तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा मुख्य सडकहरू पहिरोले अवरुद्ध 

पर्वत । दुई दिनदेखिको भारी वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लाका मुख्य सडकहरू अवरुद्ध भएका छन् ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका १ सर्सधारामा ठूलो पहिरो झर्दा पूर्ण रूपमा सडक अवरुद्ध भएको हो । काली गण्डकी कोरिडोरको मालढुङ्गा– बेनी सडक पनि पहिरोले अवरुद्ध भएको छ ।

मध्यपहाडी लोकमार्ग पनि हिजो दिनभरि पहिरोले अबरुद्ध भएको थियो । साँझ ५ बजेदेखि एकतर्फी रूपमा सडक खुले पनि राती फेरि पहिरो झरेपछि आज फेरि उक्त सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनि श्रेष्ठले जानकारी दिनुभयो ।

अवरुद्ध भएका दुवै सडक खुलाउने प्रयास भइरहेको श्रेष्ठले जानकारी दिनुभयो  । सडक अवरुद्ध भएसँगै साबिक धौलागिरीका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँ पुलमा अलपत्र परेका छन्  भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरू मालढुंगा र फर्सेमा अलपत्र परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button