तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका पत्रकारहरूलाई गुर्जो हस्तान्तरण

काठमाडौँ । निशुल्क रूपमा गुर्जो वितरण गरिरहनुभएका  सामाजिक अभियान्ता मुक्ति विष्टले आज विभिन्न सञ्चार गृहलाई गुर्जो हस्तान्तरण गर्नुभएको छ । विष्टले आजै (बुधबार) रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीमार्फत रेडियो नेपालमा कार्यरत पत्रकारहरूलाई गुर्जो हस्तान्तरण गर्नुभयो ।

विष्टले रेडियो नेपालका नायव कार्यकारी निर्देशक  अशोक बास्कोटा,   रिपोर्टिङ प्रमुख प्रमोद दाहाल लगायतको उपस्थितिमा गुर्जो हस्तान्तरण गर्नुभएको हो ।

रोग प्रतिरोधात्मक गुण भएको गुर्जो सेवनबाट विविध रोगहरूसँग लड्न सहयोग पुग्नेभन्दै उहाँले पत्रकारहरूलाई गुर्जो वितरण गरेको बताउनुभयो ।  गुर्जो हस्तान्तरण गर्दै विष्टले परम्परादेखि प्रयोग गरिदै आएका जडीबुटी, र भान्सामा प्रयोग हुने मसलाहरुले रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नेभन्दै यसको उपयोगमा सबै नेपालीले जोड दिनुपर्ने बताउनुभयो ।

विष्टले आजै नेपाल टेलिभिजनका पत्रकारहरूलाई समेत गुर्जो हस्तान्तरण गर्नुभएको छ ।उहाँले नेपाल टेलिभिजनका समान्य प्रशासन प्रमुख रमेश मिश्र,टेलिभिजनका वरिष्ठ कार्यक्रम निर्माता दिपक आचार्यमार्फत टेलिभिजनमा कार्यरत पत्रकारलाई गुर्जो हस्तान्तरण गर्नुभएको हो ।

विष्टले हालसम्म नेपाल प्रहरी,नेपाली सेना, स्वास्थ्यकर्मी, कर्मचारी र विभिन्न ठाउँका आइसुलेसनमा रहनुभएका कोरोना संक्रमित बिरामीहरूलाई गरी ५ हजार केजीभन्दा बढी गुर्जो निशुल्करुपमा वितरण गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button