तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बुटवल पाल्पा सडक खण्डको कालीमाटी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरो हटाउनको लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मङ्गलवार बेलुका ५ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । ढुङ्गासहितको पहिरो झरीरहेकोले पहिरो हटाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले जानकारी दिनुभयो । बुटवल पाल्पा सडक खण्ड अहिले विस्तारको क्रममा रहेको ठाउँ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ ।
बिष्णु खनाल/रेडियो नेपाल 

प्रतिक्रिया राख्नुहोस्

Back to top button