पहिरोका कारण भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
मकवानपुर-बुधबार बिहान देखि परेको अविरल वर्षका कारण पहिरो जाँदा हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भिमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षासंगै भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर–२ देउराली नजिक पहिरो जाँदा सडक खण्ड पुर्ण रुपमा अवरुद्ध बनेको ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो ।
त्यस्तै मंगलबार राति इन्द्रसरोबर गाँउपालिका वडा नम्बर–३ मालटारमा पहिरो जाँदा कुलेखानी–सिस्नेरी सडकखण्ड पनि अवरुद्ध बनेको छ । दुवै स्थानमा पहिरो प्रयास भईरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्