तपाईँ सुन्दै हुनुहुन्छः

विराट मेडिकल कलेजमा ८६ वर्षीय कोरोना संक्रमितको मृत्यु

सुनसरीे । कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ पुरुषको मृत्यु भएको छ ।

झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बुधबार बिहान ५ : ५० बजे मृत्यु भएको हो ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो ।

उहाँ ५ असोजमा विराट मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेका उहाँको मृत्यु भएको अस्पताल स्रोतले बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button