तपाईँ सुन्दै हुनुहुन्छः

५० कन्टेनर छोकडा वीरगञ्जमा रोकियो

वीरगञ्ज । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साँढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ ।

नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पुर्वेले जानकारी दिनुभयो । उहाँले सो छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताउनुभयो ।

विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गते यता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो ।

नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नगनित अग्रवालले बताउनुभयो ।

वीरगञ्जका व्यवसायीले सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट सरकारले छोड्यो त्यही प्रक्रियाबाट छोकडा पनि छोड्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button