तालिबानको आक्रमणमा परी अफगानिस्तानमा ५७ सुरक्षाकर्मीको मृत्यु
काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा पछिल्लो समय विद्रोही समूह तालिबानको आक्रमणमा परी कम्तीमा ५७ सुरक्षाकर्मीको मृत्यु भएको छ भने दर्जनौ सुरक्षाकर्मी घाइते भएका छन् ।
अफगानिस्तानको उरुजगान प्रान्तमा तालिबान समूहका आक्रमणमा परी कम्तीमा २४ जना अफगान सैनिकको मृत्यु भएको छ भने दर्जनौँ सैनिक घाइते भएका, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ
अफगान सरकार र तालिबान सम्म बिच गतसाता कतारमा शान्तिवार्ता बाट सुरु भएपछि यो सबैभन्दा ठूला आक्रमण हो ।
त्यसैगरी बघलान, तखार, हेलमान्ड, कपिसा, बल्क , मैदान वरदाक, र कुन्दुजमा गरी तालिबानको आक्रमणमा परी कम्तीमा ३३ सुरक्षाकर्मीको मृत्यु भएको रोयटर्सले जनाएको छ ।
विभिन्न प्रान्तमा भएका आक्रमणमा कम्तीमा ८० तालिवान विद्रोही मारिएका, अफगान रक्षामन्त्रालयले जनाएको छ ।
त्यसैगरी विगत दुई सातामा अफगानिस्तानका २४ प्रान्तमा तालिबान समले कम्तीमा ९८ सर्बसाधारण को हत्या गरेको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिख अरियानले जनाउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्