सीमानाकाबाट लाखौं मूल्यको अवैध सामान बरामद
रुपन्देही-रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ अवैध चोरीनिकासी भइरहेको लाखौं रकमको समान बरामद गरेको छ ।
बा१९च १२४९ नम्बरको कारसहित अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान पक्राउ गरेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो ।
भारतबाट माला तस्करी गरी ल्याउँदै गर्दा मायादेवी गाउँपालिका–७, घाघरा पुल र रोहिणी गाउँपालिका–२, मैनिहवाबाट बरामद गरिएको समानसहित भैरहवा भन्सार कार्यालय चलान गरिएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै रुपन्देहीका सीमानाबाट तस्करी हुनेगर्छ । अवैध क्रियाकलाप र चोरी तस्करी रोक्न भन्दै सीमा क्षेत्रमा प्रहरी सुरक्षालाई थप मजबुत बनाउँदै लगेको एसपी पोखरेलले जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्