गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना सङ्क्रमण

पर्वत । गण्डकी प्रदेशका पाँच वटा जिल्लामा आज थप ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमित हुनेमा तनहुँका १७ जना, बागलुङका १४ जना, कास्कीका चार जना, स्याङजाका दुई जना र गोरखाका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या तीन हजार चार ७८ पुगेको छ । स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माका अनुसार सङ्क्रमित हुने मध्ये बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–१ का १३ जना व्यक्तिहरु नेपाल बैंक लिमिटेड., हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन नगरपालिकाको कार्यालय, बुर्तिबाङ प्राथमिकत स्वास्थ्य केन्द्र, धौलागिरी होटेल, साईला होटेल र सिटी क्लिनिकमा कार्यरत कर्मचारी हुनुहुन्छ ।
यस्तै ढोरपाटन–४ का ३१ बर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक–६ का ३३ बर्षीय पुरुष गरी दुई जना भारतबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ । अन्य सबै सङ्क्रमित कन्टयाक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो ।
सबै सङ्क्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको शर्माले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्