पोखरीमा डुबेर आमासहित २ छोरीको मृत्यु

सुनसरी। मोरङको ग्रामथान ४ पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार मृत्यु हुनेमा ग्रामथान वडानम्बर ४ मोतीपुरका एकै परिवारका ३ सदस्य रहेका छन् ।
खड्काका अनुसार स्थानीय रुद्र कट्वालको पोखरीमा अधिकारी परिवार माछा रुग्ने माछाको हेरचार गर्ने काम गर्दै आएका आइतवार साँझ पोखरीमा चारो हाल्न जाने क्रममा २ छोरी र आमाको डुबेर ज्यान गएको प्रारम्भिक अनुसन्धानमा देखिएपनि अन्य के कारण हुनसक्छ अनुसन्धान जारी रहेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काको भनाइ रहेको छ ।
मृत्युहुनेमा ३५ वर्षिय आमा सीता अधिकारी र छोरीहरू ९ वर्षीया कृति र १३ वर्षीया पवित्रा रहेका छन् घटनाको बारे अनुसन्धान गरिरहेको प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्