तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा अव्यवस्थित बस्तीको दोस्रो चरणको नापजाँच शुरु

रुपन्देही-बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहिनहरूको समस्यालाई दीर्घकालीन समाधानको पहल शुरु गरेको छ ।

यस्ता जग्गाको लगत संकलन गर्दै सबैभन्दा धेरै अव्यवस्थित जग्गा रहेको क्षेत्रबाटै वैज्ञानिक नापजाँचको काम शुरु नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

वडा नं. ११ मा अहिले दोस्रो चरणको जग्गा नापजाँचको काम सुरु गरिएको र सबै वडामा क्रमशः नापजाँच गरिने सुवेदीले जानकारी दिनुभयो । आइतबारदेखि थप एक सय विगाहा जग्गामा नापजाँच गर्ने काम शुरू भएको छ । पहिलो चरणमा वडा नं ११ कै करिब ८० विगाहा जग्गामा नापजाँचका काम भइसकेका छन् ।

बुटवलका करिब १६ हजार घरधुरीहरुको लगत संकलन गरिसकिएको छ । बुटवलका वडा नं. ११ बाट सुरु भएको जग्गा नापजाँच तथा अभिलेखिकरणको काम अब १९ वटै वडाहरूमा क्रमशः हुने प्रमुख सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button