तपाईँ सुन्दै हुनुहुन्छः

शेयर लिलामीका लागि मेगा बैंकद्वारा गोप्य शिलबन्दी आव्हान

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता शेयर लिलामीमा बिक्री गर्न गोप्य शिलबन्दी आव्हन गरेको छ ।

मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।

सर्वसाधारणहरुले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता शेयर र दररेट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिन सक्नेछन् ।

त्यसका लागि न्यूनतम १ सय रुपैयाँ र त्यस भन्दा बढी कतिमा शेयर खरीद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button