तपाईँ सुन्दै हुनुहुन्छः

वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन

सुर्खेत । राष्ट्रिय वाणिज्य बैंकले २४१ औं शाखा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा ल्याएको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आईतबार समुदघाट्न गर्नुभएको हो ।

सो अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button