प्रदेश २ मा एकैदिन चार जनाको मृत्यु, मृतकको संख्या १ सय २० पुग्यो
जनकपुरधाम । प्रदेश नंं २ को तीन जिल्लामा गरेर कोरोना संक्रमणका कारणले चार जना पुरुषको आज मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारणले मृत्यु हुनेहरुमा रौतहट जिल्लाको गौर नगरपालिका वडा नंं १ का वर्ष ६१ का पुरुष, कलैया उपमहानगरपालिकाको वडा नंं १३ बलिरामपुरका वर्ष ६५ का पुरुष रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी, वीरगञ्ज महानगरपालिकाका २ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा वीरगञ्ज महानगरपालिकाको वडा नंं ४ विर्ताका वर्ष ७८ का पुरुष तथा वडा नंं ६ रेशम कोठीका वर्ष ८८ का पुरुष रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ ।
सबै मृतकहरुमा स्वासप्रस्वास, रुघा खोकी तथा ज्वरो रहनुका साथै विभिन्न रोगले ग्रसित पनि रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसगै प्रदेशमा मृतकको संख्या १ सय २० पुगेको छ । जसमध्ये १ सय १ जना पुरुष तथा १९ जना महिला रहेका छन् । सबैभन्दा बढी पर्सा जिल्लामा ४२ जना, बारा जिल्लामा १८ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा ११ जना, सप्तरीमा ९ जना, रौतहटमा ६ जना तथा सर्लाहीमा ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्