मुख्यमन्त्री र सभामुखद्वारा गाउँपालिका उपाध्यक्ष राईप्रति श्रद्धाञ्जली व्यक्त
सुनसरी । भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरमा आज धरानमा मुख्यमन्त्री र सभामुखद्वारा राष्ट्रिय झन्डा र पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ कमिटी अध्यक्ष देवराज घिमिरेले पार्टीको झन्डा ओढाएका थिए भने सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा हिजो बिहान निधन भएकी ४५ बर्षीया उपाध्यक्ष राईको हतुवागढी–४ खैराङस्थित आफ्नै गाउँमा अन्त्येष्टि गरिने बताइएको छ ।
राई उनी तत्कालीन नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।








प्रतिक्रिया राख्नुहोस्