बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक पुरुषको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनीका ५९ वर्षीय पुरुषको गए राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
दुवै फोक्सोमा निमोनिया भएका ती पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार गरेर रेम्डीसिभिर चलाउँदा समेत स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।स्वास्थ्यमा समस्या आएपछि भदौ २० गते भेरी अस्पताल भर्ना भएका उनको २० गते नै स्वाब लिइएको थियो ।
२१ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । कोरोना सङ्क्रमणपछि नेपालगन्जका मात्रै ७ जनाको मृत्यु भएको छ । नरैनापुर, बैजनाथ र कोहलपुरका एक /एक जनाको पनि मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्