मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते
ओपेन्द्र बस्नेत, तुलसीपुर । मोटरसाईलको ठक्करबाट दाङको शान्तिनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–४ गवदवा निबासी ५० बर्षका आइते रोका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिनुभयो ।
तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा३प १०९४ नम्बरको मोटरसाईकलले करिब दिउसो ४ बजे ठक्कर दिदा घाईते भएका रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने मोटरसाईकल सहित चालक शान्तिनगर गाउँपालिका–४ शान्तिपुर निबासी थमन कँडेललाई चिराघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
यसैबीच, बिजौरीमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्कीदा एक जना घाईते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको लु ६०प४७१८ र विपरीत दिशाबाट आउँदै गरेको लु३प५९५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा रुकुमको बाँफीकोट गाउँपालिका–१२ निबासी ४१ बर्षका शेरबहादुर खत्री घाईते भएको प्रहरीले जानकारी दिएको छ ।
बेहोस अवस्थामा रहेका खत्रीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । घटना दिउसो सवा ४ बजे भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्