संविधानको सही उपभोगले मुलुक चाँडै समृद्ध बन्छः प्रदेश प्रमुख परियार
अजय कुमार झा, जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले संविधान दिवसको उपलक्ष्यमा प्रदेश तथा देशबासीमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
शुभकामना सन्देशमा प्रदेश प्रमुख परियारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र बलिदानले नेपालको संविधान आएको बताउदै यसको सही प्रयोग भएको खण्डमा मुलुक चाँडै समृद्ध बन्ने बताउनु भएको छ ।
उहाले संविधान दिवसको अवसरमा शुभकामना दिँदै उहाले शहिदहरुको बलिदानका कारणले नै संविधान आएको बताउदै सवै ज्ञात, अज्ञात सहिदहरू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्नु भएको छ ।
जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र विविध जनवर्गीय आन्दोलनहरूमा नेपाली जनताको लाखौंको सहभागिता, हजारौं बलिदान सहितको त्याग, तपस्या र रगत–पसिना बगाएर मात्र यो सम्भव भएको उहाले शुभकामना शन्देशमा उल्लेख गर्नु भएको छ ।
‘यस अवसरमा बेपत्ता योद्धा, घाइते–अपाङ्ग र जेल–नेल पीडितहरूलाई उच्च सम्मान व्यक्त गर्दछु,’ सन्देशमा प्रदेश नंं २ का प्रमुखले उल्लेख गर्नु भएको छ ।
देशमा विद्यमान विभिन्न वर्ग, जाति, जनजाति, मधेशी, महिला, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका सबैमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ यो राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने आशा पनि व्यक्त गर्नुभयो ।
उहाँले कोरोना भाइरस (कोविड–१९)को महामारीले विश्व आक्रान्त भएको बेलामा नेपालमा यसको रोकथाम र उपचारका लागि रातदिन खट्ने तीनै तहका सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि र समाजसेवी सबैमा धन्यवाद पनि व्यक्त गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्