तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको जनता माविमा इलाइब्रेरी सञ्चालन

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयको पुस्तकालय तथा इ–लाइब्रेरी सञ्चालन भएको छ ।

राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले शनिबार एक कार्यक्रमबीच पुस्तकालय र इलाईब्रेरीको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य सिंहले गुणस्तरीय शिक्षाको लागि सबैले आ–आफ्नो स्थानबाट पहल गर्नु आवश्यक रहेको बताउनु भयो । अहिले विश्व नै प्रविधिमैत्री भईरहेको अवस्थामा विद्यार्थीहरुलाई विद्यालयबाटै प्रविधीमा दक्ष बनाउनु जरुरी रहेको बताउँदै उहाँले दक्ष जनशक्तिले नै समाज र मुलुकको विकास सम्भव रहेको बताउनु भयो ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भौतिक पूर्वाधार विकासको विकास मात्रै पर्याप्त नभएको बताउँदै शिक्षा र स्वास्थ्यको समुचति विकास भएमा मात्र समाजको विकास सम्भव रहेको बताउनु भयो ।

सूचना प्रविधिको समय भएकोले यसको विकास जरुरी रहेको बताउँदै अध्यक्ष सिंहले इ–लाइब्रेरीले दक्ष जनशक्तिको विकासमा सहयोग पुग्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button