तपाईँ सुन्दै हुनुहुन्छः

छैटौं संविधान दिवस प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सम्बोधन

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा आयोजित विशेष कार्यक्रममा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुँदैछ ।

काठमाडौंको टुडिखेलमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्रीको सम्बोधन आएको हो ।
नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा भएको छ । संविधान दिवस हर्षोल्लासका साथ मनाऔं भन्ने मुल नाराका साथ पाँचौ संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

सार्वभौमसत्ता जनतामा रहनेगरी २०७२ साल असोज ३ गते संविधानसभाले नेपालको वर्तमान संविधान जारी गरेको हो ।नेपाली जनताले संविधानसभामार्फत आफ्नो संविधान आफै लेख्ने सौभाग्य प्राप्त गरेकोले संविधान दिवसलाई महत्वपूर्ण दिनको रुपमा मनाउन सरकारले आम नागरिकलाई आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button