विभागले भेट्टायो सात हजार बढी खाली सिलिण्डर
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संतुगलमा रहेको श्रेष्ठ ग्याँस पसलबाट विभिन्न उद्योगका सात हजार भन्दा बढी खाली सिलिण्डर फेला पारेको छ ।
विभागमा आएको उजुरीको आधारमा छापा मार्दा सो परिमाणको सिलिण्डर फेला परेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभिन्न कम्पनीका सिलिण्डर फेला परेको बताउँदै त्यो ग्यास डिस्टिब्यूटर्सको गोदाम सील गरिएको जानकारी दिए ।
उजुरीका आधारमा त्यहाँ विभिन्न कम्पनीका सात हजार खाली सिलिण्डर फेला परेको विभागले जनाएको छ । एउटा डिलर वा डिस्टीब्यूटर्सले दुई वटासम्म उद्योगका सिलिण्डर बेच्न पाउने प्रावधान छ । कम्पनीका संचालकलाई कागजात लिएर विभागमा आइतबार आउन निर्देशन दिएको र आयल निगमको ग्याँस बिक्रीसम्बन्धी विनियमावली अनुसार कारवाही हुने पनि महानिर्देशक सुवेदीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्