तपाईँ सुन्दै हुनुहुन्छः

धान खेतीमा रोगको प्रकोप

कञ्चनपुर । कञ्चनपुरका विभिन्न क्षेत्रमा किसानले लगाएको धान खेतीमा रोगको प्रकोप देखिएको छ ।

विशेषगरी गवारो, ब्लास्ट, खैरो फड्के किरा लगायतको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । रोग र किराको कारण धान पाक्ने समयमा पातहरु पहेँलो हुने समस्या रहेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक रण बहादुर मल्लका अनुसार धानबाली अनुगमनका क्रममा केही क्षेत्रको धानबालीमा फड्के किरा, गवारो र ब्लास्ट लगायतका रोग र किराको प्रकोप देखिएको छ । कृषकहरुलाई सोको नियन्त्रणका लागि कार्यालयबाट र फिल्डमै गएर औषधि सिफारिश गर्ने गरेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button