दुई बलात्करीसहित मिलापत्र गराउने तीन पञ्च प्रहरीको नियन्त्रणमा
सप्तरी । सप्तरीमा एक किशोरीलाई सामुहिक बलात्कार गरी आत्महत्या गर्ने बाध्य पारेका दुई बलात्कारी र तीन जना पञ्चायती गर्ने पञ्चहरुलाई सप्तरी प्रहरीले नियन्त्रण लिएका छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ललितपुरकी १७ वर्षिया संगीता मण्डललाई गाउँकै चार जना मिलेर गत सोमबार बिहान खेतमा पानी पटाउन गएको बेलामा बलात्कार गरेको संगिताकी आमा रधियादेवी मण्डलले बताईन ।
फरार रहेका चार बलात्कारी मध्ये १९ वर्षीय बब्लु भनिने सुमन कुमार मण्डल र १८ वर्षीय रञ्जित भनिने सरोज कुमार मण्डललाई सप्तरी प्रहरीले नियन्त्रमा लिइसकेको र २७ वर्षीय धर्म मण्डल र २५ वर्षीय विष्णु मण्डल अझै फरार रहेको सप्तरी प्रहरी प्रमुख राजेन्द्र धमलाले बताउनु भयो ।
त्यसैगरी, पञ्चायतीको निर्णय सुनाउने पञ्चहरु ६० वर्षीय बासुदेव मण्डल, ५० वर्षीय सत्यनरायण मण्डल र ६५ वर्षीय जायकान्त मण्डललाई यस अघि नै पक्राउ गरिएको धमलाले बताउनुभयो ।
सोमबार खेतमा पानी पटाउन गएकी संगिताले आफु सामुहिक बलात्कृत भएको कुरा संगिताले आमालाई सुनाइन् । त्यसपछि कानुनी उपचारको लागि प्रहरीमा उजुरी दिने भने कुरा निधो गरेकी रधियालाई गाउँलेहरुले प्रहरीमा गए ठिक हुदैन भनेर सोमबार साँझ नै पञ्चायत गरेर पीडितलाई ५५ हजार क्षतिपूर्ति दिलाउने भनी टुङ्गो लगाए ।
त्यससँगै संगिताले आफूमाथि झन् अन्याय भएको कुरा सहन नसकी सोमबार नै पासो लगाइ आत्महत्या गरेकी आमा रधिया देवीले बताइन ।
दुई छोरा र एक छोरीकी आमा रधियाका श्रीमान १२ वर्ष अघि मजदुरी गर्न भारत गएका थिए, उतै हराए । अहिले जेठो छोरा विदेशमा छन भने कान्छा दिदि संगिताको किरिया बसेका छन ।








प्रतिक्रिया राख्नुहोस्