सप्तरीमा एकै दिन १२ योजनाको उद्घाटन

सप्तरी । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले आज एकै दिन आफ्नौ क्षेत्रमा विभिन्न १२ वटा योजनाको उद्घाटन गर्नुभएको छ ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रमा सञ्चालित ती सबै योजनाहरु समपन्न भएपछि विहिबार आयोजित छुट्टाछुटै समारोहमा मन्त्री साहले उक्त योजनाहरुको उद्घाटन गर्नुभएको हो ।
तराई मधेश समृद्वि कार्यक्रम अन्र्तगत प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालय तथा मन्त्री साहको संसदीय विकास कोषको गरी झण्डै पाँच करोड रकमको लागतमा योजनाहरुको निर्माण कार्य सम्पन्न भएको मन्त्री साहका स्वकीय सचिव राजकुमार यादवले जानकारी दिनुभयो ।
विहिबार उद्घाटन गरिएको योजनाहरुमा तीन वटा आधारभुत स्वास्थ्य केन्द्र भवन र एक÷एक सामुदायिक भवन, अतिथी घर, आर्युवेद औषधालय भवन, बोटनी गार्डेन र र्धमशाला रहेका छन ।
यस्तै भारतीय सिमासँंग जोडिएको रमपुरा मल्हिनयामा नेपाल–भारत मैत्रीद्वार तथा नगरको विभिन्न तीन स्थानमा स्व. गजेन्द्रनरायण सिंहको स्मारकस्थलको पनि उद्घाटन गरिएको छ ।

विकासको प्रचुर सम्भावना रहेर पनि प्रदेश २ निकै पछि परेको बास्तविकतालाई दृष्टिगत गरी प्रदेश २ सरकारले पनि विकासमा जोड दिँदै आएको बताउँदै मन्त्री साहले जनाताको आवश्यकतालाई हेरेर साधन श्रोतले भ्याएसम्म अगामी दिनमा पनि थप योजनाहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आयोजनाहरुको उद्घाटनका अवसरमा राष्ट्रियसभा सदस्यद्वय शेखर सिंह, मृगेन्द्र कुमार सिंह यादव, पृर्व उपसभामुख गंगाराम यादव, जिल्ला समंवय समितीका प्रमुख प्रभाकर यादव, हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेस साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंह, जिल्ला स्वास्थ्य कार्यालायका प्रमुख दुनियालाल यावदको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्