तपाईँ सुन्दै हुनुहुन्छः

परम्परा तोड्दै बाबुको किरिया बसिन १२ वर्षीया किशोरी 

सल्यान । सल्यानमा एक १२ बर्सिया किशोरी हिन्दु संस्कार अनुसार बाबुको किरिया बसेकी छन् ।  छोराले मात्र बाबुआमाको काज किरिया गर्ने परम्परालाई तोड्दै शारदा नगरपालिका–२ की १२ बर्सिया एलिसा परियार किरिया बसेकी हुन् ।

दिवङ्गत बुवाको किरिया बस्दै उनले समाजमा छोरीमाथिको भेदभाव विरुद्ध सन्देश समेत दिएकी छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका–५ सम्झना टोलको आफ्नै घरबाट गत भदौ ३० गते छतबाट लडी घाइते भएका कमल परियारको काठमाडाँैमा उपचारको क्रममा मृत्यु भएको थियो ।

आफ्नो बुवाको सपना साकार पार्न आफू किरिया बसेको र छोरीले पनि काजक्रिया गर्न सक्छन् भन्ने सन्देश दिन आफू किरिया बसेको परियारको भनाई छ । उनले भनिन ‘बाबुले आफूलाई हुर्काउन भोगेको दुःख, समस्या प्रति कृतज्ञता जनाउँदै म किरिया बसेकी हुँ ।’

छोराछोरी बराबर ठानेर पुरुष प्रधान समाजमा महिला सशक्तीकरणका लागि सन्देश दिने उद्देश्यले छोरीले गर्ने किरियालाई महत्त्व दिएको उनको भनाई छ ।

रुढी बादी र गलत संस्कार तोड्दै आफूले बाबुको किरिया गरिरहेको एलिसाले बताइन । उनले भनिन ‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो । बुवाका सन्तान बहिनी र म मात्र हौँ । बुवाले हामी प्रति गरेको त्यागको सम्मान गर्दै किरिया बसेकी छु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button