होमआइसोलेसनमा कांग्रेस सभापति, सत्तारुढ दलसँगको वैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवारबाट आइसोलेसनमा बस्नुभएको छ । बुधवार आफ्नो नीजि सचिवालयमा कार्यरत एक व्यक्तिमा कोरोना पुष्टि भएपछि देउवा आइसोलेसनमा बस्नुभएको हो ।
सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको छ । संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफल गर्न आज विहिवार बैठक डाकिएको थियो ।
कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र उहाँ बैठकमा सहभागी हुने जानकारी प्रधानमन्त्री केपी ओलीलाई पठाइएको देउवाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्