आगामी तीन दिन अधिकांश स्थानमा वर्षा हुने
काठमाडौं । आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
यस अवधिमा राति र बिहानपख बढी वर्षा हुने भएकाले यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप भएको मौसमविद् पौडेलले बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्