मैत्रीपुर्ण फुटबल खेलका लागि विभिन्न देशको प्रस्ताव
काठमाडौं । नेपाली फुटबल टिमसँगको मैत्रीपुर्ण खेलका लागि विभिन्न देशले प्रस्ताव गरेका छन् । आगामी नोभम्बर र डिसेम्बरमा मैत्रीपुर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरिएको छ ।
जसमा बंगलादेश, मंगोलिया लगायतका ५ देशले प्रस्ताव गरेका छन । यता एन्फाले भने राष्ट्रिय टिमको तयारीका लागि स्वीकृति लिने प्रक्रिया अगाडी बढाएको छ ।
कोरोनाका कारण ६ महिना देखि घरमै बसिरहेका फुटबल खेलाडीलाई प्रशिक्षणमा फर्काउन एन्फाले सरकारसँग अनुमतिका लागि प्रक्रिया अगाडी बढाएको छ ।
मैत्रीपुर्ण खेलका लागि आएको प्रस्तावमा एन्फाले छलफल गरिरहेको बताइएको छ । नेपालले यसअघि भदौको एक गतेबाट प्रशिक्षण सुरु गर्ने बताएपनि सरकारले दोस्रोपटक निषेध्याज्ञा गर्दा त्यतिकै रोकिएको थियो ।
यता विश्वकप छनोटका खेलहरु पनि २०२० मा नहुने भनिएको छ । अब फेरी मैत्रीपुर्ण खेलको प्रस्ताव आएपछि एन्फाले खेलाडीलाई प्रशिक्षणमा फर्काउनका लागि पहल गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्