झापाका युवाहरु कृषि तथा लघु उद्यमतर्फ आर्कषित
झापा । विदेशबाट फर्किएका तथा आफनै ठाँउमा स्वरोजगार बन्ने अभिप्रायले झापाका युवाहरु अहिले कृषि तथा अन्य लघु उद्यमतर्फ आर्कषित हुन थालेका छन् ।
उद्यम गर्न वित्तीय संस्था तथा स्थानीय तहहरुले समेत प्रोत्साहित गर्न थालेपछि युवा उद्यमीहरुले व्यवसायिक उद्यम गर्न थालेका हुन् ।
यसैक्रममा झापा दमकका ४ जना युवाहरु मिलेर १ करोडको लगानीमा साबुन सर्फ उद्योग शुरु गरेका छन् ।
यसैगरी झापाकै कमल गाँउपालिका वडा नं. ५ का केही युवाहरूले पापड उद्योग पनि शुरू गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्