तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा निकायहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान 

बारा । लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसले बुधवार विभिन्न सुरक्षा निकायहरुलाई कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

लायन्सले निजगढ नगरपालिकाको अईसोलेसन सेन्टर, ईलाका प्रहरी कार्यालय निजगढ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, ससस्त्र प्रहरु बल सुरक्षा बेश क्याम्प निजगढ, नेपाली सेनाको सडक निर्माण कार्यदल बाघदेव र जिरोकिलोलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको लायन्स क्लव अफ निजगढ पिसका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो ।

लायन्स क्लव अफ निजगढ र लायास क्लव अफ निजगढ पिसले निजगढ नगर उध्योग वाणिज्य संघको सहकार्यमा सुरक्षा निकायहरुलाई १५ थान पिपीई, १५ थान थर्मल गन र सर्जिकल मास्क वितरण गरेको लायन्स क्लव अफ निजगढ पिसका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button