तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा खोलाले बगाउँदा एकजना बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकास्थित खहरे खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

खोला तर्ने क्रममा खहरे खोलाले बगाउँदा नेचासल्यान–४ का भुईमान राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोही गाउँपालिका–१ को ख्याम्पुबाट फुर्केस्थित घर फर्कने क्रममा राई बेपत्ता भएको र खोलाले बगाएका राईको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । केही दिनयता परेको लगातारको वर्षाका कारण खोलामा पानीको बहाब बढेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button