तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमका ६१ ज्नाले कोरोना जितेर घर फर्किए


रुकुम । रुकुम पश्चिममा हालसम्म ६१ जना कोराना भाइरस संक्रमित ब्यक्ति कोरोना जितेर घर फर्किएका छन । हालसम्म भएको स्वाब परीक्षणका क्रममा ७० जनामा पोजिटभ देखिएकोमा ६१ जना निको भएर घर फर्किएका हुन ।

हाल रुकुम पश्चिममा ९ जना मात्र सक्रिय संक्रमित रहेका छन । उनीहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ भने बिभिन्न ठाउँमा रहेका आइसोलेसनमा बसेका छन । पछिल्लो समय नयाँ संक्रमितहरु थपिएका छैनन । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले दैनिक सार्वजनिक गर्ने कोभिड बिवरण अनुसार हालसम्म ७ हजार १ सय ७९ जनाको स्वाब संकलन गरिएको छ ।

कोरोना भाइरस फैलिएर सरकारले लकडाउन गरेको अवधीदेखि हालसम्म ४ हजार १ सय ७८ जना मानिस भारत तथा तेस्रो देशबाट रुकुममा भित्रिएको निमित्त प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिए । भारत तथा तेस्रो मुलकबाट आएका र संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button