तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना बिमा बापत पत्रकार दाहाललाई एक लाख

गुरमुरत यादव
बाँके ।  कोरोना भाइरस सङ्क्रमणबाट निको भएका बाँकेका पत्रकार खगेन्द्र दाहालले कोरोना बिमा बापत एक लाख रुपैयाँ पाउनु भएको छ ।
बाँकेको खजुरास्थित पत्रकार दाहालको घरमा पुगेर ५ नम्बर प्रदेश पत्रकार महासङ्घका महासचिव भेषराज बस्नेतले एक लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।
पत्रकार दाहाललाई गत साउन २३ गते कोरोना संक्रमण भएपछि १४ दिन आइसोलेसन र ७ दिन होम आइसोलेसन बसेर यति बेला पुनः नियमित काममा फर्किनु भएको छ ।
कोरोना भाइरस संक्रमणकाबीच पाँच नम्बर प्रदेश पत्रकार महासङ्घले प्रदेशका दुई सय १४ जना पत्रकारको कोरोना बिमा गरेको थियो । बाँकेमा कोरोना बीमाबापत बिमा रकम पाउने पत्रकार दाहाल पहिलो पत्रकार हुन् ।
हालसम्म बाँकेमा दाहालसगैं मेघराज ओली, कमल विक निर्मोही र दामोदर भण्डारीसहित चार जना कोरोना संक्रमित भइसकेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button