तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी विश्वविद्यालयको परीक्षा घरदैलो निकट

रुपन्देही– कोरोना महामारीले शिक्षा क्षेत्र ठप्प भैरहँदा लुम्विनी विश्वविद्यालयले भने घरदैलो निकट बिधिबाट परीक्षा लिन शुरू गरेको छ ।

महामारी, लकडाउन र निषेधाज्ञाका कारण दुइपटकसम्म स्थगित भएको परीक्षा पूर्ण स्वास्थ्य साबधानी अपनाएर पुरानै बिधिबाट सञ्चालन गरिएको हो ।

विश्वविद्यालयले स्नातकोत्तर र स्नातक तहको वार्षिक परीक्षा बिद्यार्थीकै उपस्थितिमा पुरानै विधिबाट सञ्चालन शुरू गरेको छ ।

दुईपटकसम्म परीक्षा रोकिँदा शैक्षिक सत्र नै प्रभावित हुने र विद्यार्थीको भविश्य अनिश्चित बनेपछि स्वास्थ्य मापदण्ड पालना गरेरै परीक्षा लिने निर्णय विश्वविद्यालयले गरेको थियो ।

यसका लागि विद्यार्थीलाई पायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा शुरु गरिएको लुम्बिनी विश्वविद्यालयका रजिष्टार डाक्टर तिलक आचार्यले जानकारी दिनुभयो ।

विश्वविद्यालयले २ मिटर भन्दा बढी दुरीमा विद्यार्थी राखेर, आवश्यक ठाउमा अरू क्याम्पसको सहयोग लिएर आइतबारदेखि परिक्षा लिइरहेको छ ।

परीक्षामा सहभागीलाई मास्क, सेनिटाइजर र पन्जा विश्वविद्यालयले नै दिएको छ ।रुपन्देहीमा पाँचसहित ८ परीक्षा केन्द्र तोकिएका छन । परीक्षामा कुल दुई सय बढी विद्यार्थी सामेल छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button