तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १० जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप १० जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । भेरी अस्पतालबाट ७ जना, होटल इन्द्रेणीबाट २ जना र कृषि तालिम केन्द्र आइसोलेसनबाट १ जना डिष्चार्ज भएका हुन् ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा बाँकेका ४ सय १६ र अन्य जिल्लाका ३ जना गरी ४ सय १९ जना छन् । बाँकेमा हालसम्म १ हजार ५ सय १२ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button