तपाईँ सुन्दै हुनुहुन्छः

एक प्रतिशत ब्याजदरमा सहुलियत पुर्ण उधमब्याबसाय कर्जा प्रदान गरिने

लिसँखुपाखर  गाँउपालिकाका बेरोजगार, बिपन्न तथा उधमशिल बन्न चाहाने नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत पुर्ण उधमब्याबसाय कर्जा प्रदान गरिने भएको छ ।

उधमिको आर्थिक शसक्तिकरण मार्फत गाउँपालिका लाई कृषि, पशुपँक्षिपालन,तथा लघु, घरेलु उधोगजन्य उत्पादन लगायतमा निर्यातयोग्य गाउपालिका निर्माण गरि समग्र गाउँपालिकाकोे आर्थिक सामजिक बिकासमा टेवा पुर्याउन लिसँखुपाखर गाउँ पालिका र नेपाल बैक केन्द्रीय कार्यालय बिच भाद्र ३० ऐतिहासिक सम्झौता भएको छ ।

गाउँपालिका र बैंकि बिचको सम्झौताले गाउँपालिका बासिमा खुशि छाएको छ ।

गर्ने आँट भएका  तर आर्थिक अभावमा भौतारि रहेका लिसंखुपाखरका स्थानीयहरुको लागि सार्है सुखद खबर गाउँपालिका अध्यक्ष कमल नेपालले बताउनुभयो । पालिका भित्रका हरेक वडाका लक्षित नागरिक मध्ये अति आबश्यक र गर्न सक्ने दुबै कुरा समेटेर काम अगाडि बढाइने नेपालले बताउनुभयो ।

पालीकाका कोही पनी नागरिक बेरोजगार रहन नपरोस सबैले रोजगार पाउँन सबै आत्मनिर्भर बन्न सकुन भन्दै बिगतका बर्ष देखी यस्तो कार्यक्रमहरुको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।

आर्थीक कमीले गर्दा उद्योग ब्यबसाय गर्न बाट बञ्चीत रहेका युवाहरुको लागि गाउँपालिकाले राम्रो कार्यको थालनी गरेको प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलालले बताउनुभयो ।  खेती किसान र पशुपालकहरुलाइ समेत धेरै सहज भएको दुलालले बताउँनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button