तपाईँ सुन्दै हुनुहुन्छः

घुम्थाङ पहिरामा मृत्यु हुनेको संख्या १५ पुग्यो

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाको घुम्थाङ पहिरोमा पुरीएर वेपत्ता भएका मध्ये आज थप एक जनाको शव भेटीएको छ ।

काठमाडौं मुलपानी घर भएकी रबिना श्रेष्ठको शव फेला परेको हो । अहिलेसम्ममा पहिरोमा मृत्यु हुनेको संख्या १५ पुगेको छ भने पहिरोमा अझै १६ जना वेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । खोजीमा  सुरक्षाकर्मी र स्थानीय बासिन्दा जुटेका छन् । शनिबार राति गएको पहिरोले बाह्रबिसे नगरपालिका ७ को घुम्थाङ भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button