तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको सिमाक्षेत्रमा १० वटा बिओपी स्थापना हुँदै

वीरगन्ज । सशस्त्र प्रहरीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले सीमा सिल गरेपनी खुला सीमाको कारण भारतबाट नेपाल तर्फ मानिसको आवातजावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न पर्सामा थप १० वटा बिओपी थप गर्ने भएको छ ।

सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक कृष्ण भक्त ब्रह्मचार्यको नेतृत्वमा आज सांसद, स्थानिय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी ,जनप्रतिनिधि र सन्चारकर्मी सहितको टोलीले पर्सा जिल्लाको भारत तर्फ सीमा जोडिएको सिमा क्षेत्रको स्थलगत निरिक्षण गरेको छ ।

निषेधाज्ञा खुकुलो हुदै गएपछि सिमाबाट भारतीय नागरिकहरु नेपाल प्रवेश गर्ने सम्भावना बढेको र त्यसलाई रोक्न अवलम्बन गरीनुपर्ने रणनिती तय गर्न स्थलगत निरीक्षण गरिएको सशस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख एवं प्रहरी नायव महानिरीक्षक कृष्ण भक्त ब्रह्मचार्यले बताउनुभयो ।

स्थलगत निरीक्षण टोलीमा सांसद प्रदिप यादव, लक्षमणलाल कर्ण, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग, जिल्ला समन्वय समितिका सभापति नेक महम्मद मिया नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान सशस्त्र प्रहरी पर्साका प्रमुख राजेन्द्र खड्का लगायतको सहभागिता रहेको थियो ।

टोलीले वीरगञ्जको मुख्य भन्सार नाका मितेरी पुल इनर्वा, बलिरामपुर, छपकैया, भिस्वा, जानकीटोला भिसुवा लगाएतका नाकामा पुगेर अहिलेको अवस्था र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा छलफल गरेको थियो ।

निषेधाज्ञा र सिमा सिल गरिएको समयमा समेत सिमाक्षेत्रबाट अबैध चोरी तस्करी हुने गरेको समचार सार्वजनिक भएको र चाडबाड भित्रिने क्रमसँगै खुल्ला सिमानाकाबाट हुने अबैध गतिबिधीलाई नियन्त्रण गर्ने सम्बन्धमा समेत स्थलगत निरीक्षणले महत्वपुर्ण भुमिका खेल्ने सशस्त्र प्रहरी नायब माहानिरीक्षक ब्रम्ह्चार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button