किसानहरु केरा खेतीतर्फ आकर्षित
कञ्चनपुर । केराबाट राम्रो आम्दानी हुन थालेपछि कञ्चनपुरका किसानहरु केराखेती तर्फ आकर्षित हुन थालेका छन् ।
अन्य अन्नबाली भन्दा केराखेतीबाट राम्रो आम्दानी हुन थालेपनि किसान व्यावसायिक केराखेती तर्फ लागेका हुन् । कञ्चनपुरमा पाँच सय हेक्टर क्षेत्रफल भन्दा बढी भूभागमा केरा खेती हुने गरेको छ ।
पछिल्लो समय मुख्यमन्त्री एकीकृत नमूना कृषि कार्यक्रममार्फत जिल्लास्थित कृषि ज्ञान केन्द्रले किसानलाई व्यावसायिक केराखेतीका लागि बीउबीजनमा तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
जिल्लाका अधिकांश क्षेत्रमा थोपा सिँचाई कार्यक्रम विस्तार गरिएको र केराखेतीका लागि प्रोत्साहन गरिरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्