तपाईँ सुन्दै हुनुहुन्छः

३५ हजार नगदसहित जुवाडे पक्राउ

बैतडी । बैतडी प्रहरीले ३४ हजार ९ सय नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्लाको पाटन नगरपालिका ८ खोड्पे बजारस्थित तृप्ती होटेलबाट सोमबार राती दुई बजे ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

होटेलमा बसेर रातीको समयमा जुवातास खेलीरहेको भन्ने सूचनाका आधारमा प्रहरी नायव निरीक्षक चन्द्रराज गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती मानिसहरुलाई नियन्त्रण लिएको बताइएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको र कानुन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button