कुकुर आतंक बढेपछि स्थानीय त्रसित
मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं २ र ३ मा कुकुर आतंक बढेपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नं २ र ३ का तलितुम, बजेडी माथितुम लगायतका ठाउँहरुमा गाई बस्तु लगायत अन्य पशुहरुलाई ३ वटा कुकुरले लखेटी, लखेटी मार्न थालेपछि स्थानीयहरु चिन्तित बनेका हुन् ।
एक हप्तामा १ बाख्रासहति ६ गाई र गोरु मारेको वडा नं २ तलितुम निवासी नरेन्द्र बहादुर रावले बताउनु भयो । गाई बस्तु लखेट्न थाल्दा मानिसहरु गएपछि उल्टै मानिसलाई समेत लखेट्ने गरेको रावलको भनाई छ ।
गाउँमा रहेका डुलुवा ३ वटा कुकुरले आतंक मच्चाय पछि मंगलवार स्थानीय बासिन्दाहरुले स्थानीय सरकारको रुपमा रहेको छायाँनाथ रारानगरपालिका, र जिल्ला पशुसेवा कार्यालयमा आतंक मच्चाउने छाडा रुपमा रहेका कुकुर नियन्त्रणको लागि निवेदन दिएका छन् ।
स्थानीयले कुकुर आतंक नियन्त्रणको लागि आज नगरपालिकामा निवेदन दिएपश्चात भुस्याह कुकुर नियन्त्रणको लागि सरोकारवाला निकाय संग समन्वय गरि नियन्त्रणको लागि आबश्यक पहल गर्ने नगरप्रमुख हरिजङ्ख शाहीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्