तपाईँ सुन्दै हुनुहुन्छः

जगदम्बा उद्योगमाथि कारवाही


काठमाडौँ । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको फलामे छड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ ।

विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्ड भन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको हो ।

बाराको सिमरामा रहेको सो उद्योगबाट उत्पादित फलामे छडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखित रुपमा पत्र पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।

न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी छड उत्पादनमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले विगत एकवर्षमा मकवानपुर, बारा, पर्सा र रौतहटका दुई दर्जनभन्दा बढी अनियमितता गर्ने उद्योग र पेट्रालियम पदार्थ बिक्री गर्ने व्यवसायीलाई कारवाही र जरिवाना गर्नुका साथै अदालतमा मुद्दासमेत दायर गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button