तपाईँ सुन्दै हुनुहुन्छः

बजार अनुगमन तीव्र


काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड–१९ सङ्क्रमणका कारण आइपरेको जोखिम अवस्था र नजिकिँदै गरेका प्रमुख चाडपर्वहरूको पूर्व सन्ध्यामा बजार अनुगमनलाई थप तीव्रता दिएको छ ।

बजार अनुगमन समितिको हालै सम्पन्न बैठकले पनि स्वच्छ बजार कायम गरी उपभोक्ता अधिकार सुरक्षित गर्न सम्बन्धित अन्य विभागहरू र सुरक्षाका लागि नेपाल प्रहरीको पनि सहयोग लिने निर्णय गरिसकेको छ ।

विभागका प्रवक्ता रविन्द्र आचार्यले बजार अनुगमन प्रक्रियालाई ७७ वटै जिल्लामा विस्तार गरिएको र स्थानीय निकायलाई पनि सक्रिय बनाइएको कारण प्रभावकारी अनुगमन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता आचार्यले दैनिक उपभोग्य बस्तु र औषधिमा थप अनुगमन थालिएको जानकारी दिनुभयो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित र उपभोत्ताहरुको उजुरीको आधारमा बजार अनुगमन गर्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button