करिव दुई करोडको लागतमा लिफ्टिङ्ग खानेपानी योजना

भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ४ दलगाउँमा बासिन्दा खानेपानी योजना बने पछि लाभान्वित भएका छन ।
गाउँपालिकाको वडा नम्वर ४ दलगाउँमा करिव २ करोडको लागतमा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भए पछि सो वडाका १ सय २० घर परिवार लाभान्वित भएका छन ।
दलगाउँको सावुवा खोलाबाट करिव ५ सय पचास मिटरको उचाईमा ४ वटा खानेपानी ट्याङ्की निर्माण गरी गाउँमा खानेपानी योजना ल्याईएको हो ।गरिवसँग विश्वेश्वर कार्यक्रम, वडा, रामप्रसाद राई गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा १ करोड ९० लाख बरावरको लागतमा योजना लागतमा उक्त लिफ्टिङ्ग खानेपानी योजना बनेको हो । २०७६ जेठबाट खानेपानी योजनाको निर्माण कार्य शुरु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्