शान्ति सुरक्षा पहिलो दायित्वः डिएसपी नेपाल
डडेल्धुरा । डडेल्धुराका प्रहरी नायब उपरिक्षक महेन्द्र नेपालले शान्ति सुरक्षाको मामिलामा कसैसंग सम्झौता गर्न नसकिने बताउनुभएको छ ।
पत्रकारहरु संगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आज प्रहरी नायब उपरिक्षक नेपालले शान्ति सुरक्षा पहिलो दायित्व रहेकोमा जोड दिनुभयो ।
प्रहरी नायब उपरिक्षक नेपाललाई जिल्लाका क्रियाशील सञ्चारकर्मीहरुले जिल्लामा भईरहेका जुवातास, मदिरा बिक्री बितरण, चोरी तस्करी र झैझगडाका घटनाहरु दिनप्रति दिन बढिरहेको प्रति ध्यानाकर्षण गराएको छ ।
राजनैतिक दबाब र प्रभाबबाट मुक्त भएर शान्ति सुरक्षाको प्रत्याभुत गराउन सक्नुपर्ने भन्दै पत्रकारहरुले जिल्लामा भईरहेका गैरकानुनी कामहरुलाई नियन्त्ररण गर्नुपर्नेमा सुझाब दिएका छन ।
उनलाई कतिपय घटनाहरूको सूचना प्रहरीले दिन आनाकानी गर्दै आएको भन्दै सञ्चारमैत्री बन्न आग्रह समेत गरेका छन ।








प्रतिक्रिया राख्नुहोस्