तपाईँ सुन्दै हुनुहुन्छः

बारा र पर्साका थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा बारा र पसाका गरी थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गए राति गरिएको परीक्षणमा पर्साका आठ जना र बाराका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

दुई सय ९० जनाको स्वाबको नमुना परिक्षण गर्दा पाँच महिलासहित १८ जनामा कोरोना सङ्क्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

थपिएका सङ्क्रमितहरू १७ वर्षदेखि ७४ वर्षसम्मका रहेका छन् । सङ्क्रमित हुनेमा पर्साको वीरगञ्ज महानगरपालिकाको पाँच जना, बडेर्वा, परवानीपुर र पटेर्वा सुगौली गाउँपालिकाको एक÷एक जना रहेका छन् ।

यस्तै बाराको जितपुर सिमराका छ जना, सिम्रौनगढका तीन जना र सवर्ण गाउँपालिकाको एक जना सङ्क्रमित भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button