तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्बिर

रुपन्देही । रुपन्देहीमा उपचार गराइरहेका दुई जना कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको हो ।

मिर्गौलाको समस्या रहेकी ती महिला भदौ २१ गते बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलाइसिस गराउन आएकी थिइन् । उनमा कोरोना पोजेटिभ देखिएपछि बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको थियो ।

त्यस्तै भीम अस्पतालमा मृत्यु भएका कपिलवस्तु शिवराज–५का ५८ वर्षीय पुरुष हुन् । उनी बुटवलको बेलवासमा बस्दै आएका थिए ।

यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसियुमा राखेर उपचार जारी थियो ।

दमको समस्या देखिएका उनको गए राती १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button