तपाईँ सुन्दै हुनुहुन्छः

‘सुरक्षा अपनाएर उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नुपर्छ’

काठमाडौं । उद्योगी, व्यवसायीहरुले कोभिडको संक्रमणको बीचमा नै उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा नेपाल उद्योग परिसंघका पदाधिकारीले कर्मचारी र कामदारको मनोबल उच्च बनाई सुरक्षाका उपाय अपनाएर उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नु उपयुक्त हुने बताएका हुन् ।

भेटमा परिसंघका पदाधिकारीले आर्थिक समृद्धिका लागि र अर्थतन्त्र चलायमान बनाउन लकडाउन वा निषेधाज्ञा बन्द गर्नुपर्ने धारणा राखेका छन् । संक्रमण फैलिएको ठाउँमा मात्र निषेधाज्ञा गर्ने र संक्रमितको राम्रो उपचारको व्यवस्था गरेमा उद्योग व्यवसाय चलायमान राख्न सकिने र अर्थतन्त्रमा नकारात्मक असर पनि नपर्ने परिसंघका पदाधिकारीले सुझाव दिएको परिसंघले विज्ञप्ति मार्फत जनाएको छ ।

परिसंघले उद्योगमा कार्यरत कर्मचारी र कामदारको हौसला बढाई काममा लगाउने भन्दै संक्रमण भेटिएमा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्रपति समक्ष अनुरोध गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button