रामारोशनका बाढी पीडितलाई जापानबाट सहयोग
अछाम । अछामको रामारोशन गाउँपालिकाका बाढी प्रभावित ८ जनालाई जापानबाट प्राप्त राहत वितरण गरिएको छ । वडा नम्बर ५, सैनिबजारका पीडितलाई २४ हजार ५ सय आर्थिक सहयोग वितरण गरिएको हो ।
जापानमा रहने सामाजिक अभियानता ज्वाला संग्रौला, सुशीला थापा र सुदूरपश्चिम नेपाल नेत्रहीन संघको संयुक्त पहलमा संकलन गरिएको उक्त राहत बितरण गरिएको राहत वितरणका अछाम सहजकर्ता बम बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
भदौ २ गते आएको बाढी पहिरोमा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई राहत वितरण गरिएको राहत बितरणमा सहभागी सरस्वती केसीले बताउनु भयो ।
बाढीबाट प्रभावितहरुका लागि विभिन्न क्षेत्रबाट सहयोग भैरहेको छ । केही राहत गाउँपालिकाको कोषमा समेत जम्मा रहेको र उक्त रकम पीडितलाई प्रदान गरिने गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताउनु भयो ।
भदौ २ गते राति अछामको रामारोशन ५ मा रहेको सैनिबजार बगाउँदा १७ जना बेपत्ता भएकोमा ८ जनाको शव प्राप्त भएको र अझै ९ जना हराईरहेका छन् । बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुंगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, नेपाल टेलिकमको बोलेरो जीप, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल, सयौँ रोपनी खेतीबारी बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्