तपाईँ सुन्दै हुनुहुन्छः

टिप्परको ठक्करबाट एक प्रहरीको मृत्यु

रुपन्देही । बुटवलमा टिप्परले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल धागो कारखाना नजिकै टिप्परले ठक्कर दिएको र अर्का एक प्रहरी जवान घाइते भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो ।

श्रेष्ठ र सोही कार्यालयमा कार्यरत प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु १ ख ८९९ नं को टिप्परले ठक्कर दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button